नवलपुर

कावासोतीमा माघ ९ गतेबाट छैठौं नवलपुर महोत्सव हुने

Banner

ज्ञानु पंगेनी

नवलपुर, पुस १७-

नवलपुरको कावासोतीमा माघ ९ गतेबाट छैठौं नवलपुर महोत्सव हुने भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव माघ ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने बिहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले कृषि, पर्यटन, उद्योग ,व्यापार र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष जस्तो यस वर्ष पनि महोत्सव गर्न लागिएको जानकारी दिए । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई समेत सहयोग गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको भन्दै अध्यक्ष पोख्रेलले यस पटकको महोत्सवमा नवलपुरमा रहेका सांस्कृतिक, धार्मिक, ऐतिहासिक, जैविक पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटक भित्राउने वातावरणसमेत सिर्जना गर्ने बताए ।

महोत्सवमा २५० वटा व्यापारिक स्टलका साथै कृषि, शैक्षिक, सूचना र सामाजिक क्षेत्रका २५ वटा गरी २७५ वटा स्टल रहने पोख्रेलले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिसँगै नवलपुर डान्स आइडल, सेल्फी जोन विभिन्न जातजातिका घरको प्रर्दशनी, मौलिक खानाका परिकारकारको प्रर्दशनी, दोहोरी गीत प्रतियोगिता, विभिन्न अन्तरक्रिया र वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम हुने समेत पोख्रेलले जानकारी दिए ।

महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको पोख्रेलले बताए । महोत्सवबाट संस्थालाई एक करोड १० लाख आम्दानी हुने र ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत पोख्रेलले बताए । महोत्सवमा प्रवेश शुल्क ६० रुपैयाँ राखिएको छ भने ज्येष्ठ नागरिक तथा अपाङ्ता भएका व्यक्तिका लागि निःशुल्क र परिचयपत्रका साथ उपस्थित विद्यार्थीलाई ४० रुपैयाँ प्रवेश शुल्क राखिएको आयोजकले जनाएको छ । महोत्सव कावासोती–३ मा रहेको नमुना नवलपुर सदरमुकाम निर्माण स्थलमा हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>