नवलपुर

गैँडाकोटको नमुना माविमा रजत जयन्तीका विविध कार्यक्रम घोषणा

Banner

ज्ञानु पंगेनी

नवलपुर, पुस १५-

गैँडाकोट नगरपालिका–२ मा रहेको गैँडाकोट नमुना आवासिय माविले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

विद्यालय परिसरमा आज पत्रकार सम्मेलन गरेर रजत वर्षको अवसरमा आयोजना गरिने कार्यक्रमका बारेमा सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य गोपेन्द्रकेशरी न्यौपानेले पत्रकार सम्मेलनमा चैत मसान्तसम्म गरिने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिए । विद्यालय सुरुवात भएको दिन आजकै दिन अर्थात् पुसको १५ गते रहेकाले केक काटेर वार्षिकोत्सव समेत मनाइएको थियो । माघ १ गते मकर संक्रान्तिका दिन विद्यालयको नजिक रहेका पाँच वटा मठमन्दिरहरुमा आफ्नो क्षमता अनुसारको भेटी दान गर्ने कार्यक्रम रहेको जानकारी दिए । उक्त भेटी विषेशगरी मठमन्दिरमा भजनकीर्तनका लागि आउने ज्येष्ठ नागरिकको चियाखाजाको प्रायोजनका लागि प्रदान गर्न लागिएको न्यौपानेले बताए ।

यस्तै माघ ३ गते रक्तदान कार्यक्रम, माघ १५ गते भजनकीर्तन प्रतियोगिता, माघ २८ गते पूर्वविद्यार्थी पुनर्मिलन तथा सांस्कृतिक कार्यक्रम , फागुन २ गते भलिबल प्रतियोगिता तथा खेलकुद कार्यक्रम, फागुन २३ गते अभिभावक, प्राज्ञिक, समाजसेवी तथा शिक्षाप्रेमीहरुको सम्मान कार्यक्रम र बालमैत्री विद्यालय घोषणा कार्यक्रम रहेको न्यौपानेले जानकारी दिए । यसैगरी फागुन ३० गते वार्षिकोत्सव स्मारिका विमोचन र चैत मसान्भित्रमा २५ वर्ष २५ उपलब्धिहरुको समीक्षात्मक समापन कार्यक्रम गर्दै रजय जयन्ती कार्यक्रम सम्पन्न गरिने न्यौपानेले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य दिपकराज लम्साल, एनप्याब्सन नवलपुरका अध्यक्ष रमेश अधिकारी, छिमेकी विद्यालयक प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>