मकवानपुर

यात्रुको जिवन तपाईकै हातमा छ भन्दै मकवानपुरमा चालकलाई फुलमाला

Banner

हेटौंडा,पुस १३-

मकवानपुरमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सुशीलसिंह राठौरले जिल्लामा सुरक्षा संगै विभिन्न अभियान सञ्चालन गरेका छन् । राठौरले मकवानपुरको हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सुमोका चालकहरुलाई फुलमाला र टिका लगाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउन अनुरोध गर्दै शुभकामना दिए ।

हेटौंडा उपमहानगर–१, चौकीटोलस्थित सडकखण्डमा प्रहरीले नै फुलमाला लगाएपछि सवारीका चालक दंङग थिए । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीचालकलाई सवारीसम्बन्धि चेतना दिनुका साथै सम्मान समेत गरिएको हो ।

यात्रुको जिवन चालकको हातमा छ,तपाइलाई घर परिवारले कुरेर बसिरहेको छ भन्दै प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ । सो कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रहरी निरीक्षक हरिविष्णु ढकाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>