देश/प्रदेश
बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान
०

काठमाडौं मंसिर ६-
युवतीमाथि यौन बलात्कार आरोपमा प्रहरीले अनेरास्ववियुका विद्यार्थी नेता इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले बिहीवार उनलाई थुनामा पठाउन आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको थियो।
प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो।
रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई यौन दुर्व्यवहारमा पक्राउ गरेपछि दुवै पदबाट मुक्त गरिएको छ।
राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप छ। प्रहरीले घटनास्थलबाट प्राप्त गरेको राईको विर्य समेत परीक्षण गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























