देश/प्रदेश

विश्व शान्ति सूचीमा ७६ नेपाल औं स्थानमा

Banner

काठमाडौँ मंसिर ६-

विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औ स्थानमा परेको छ । इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो।

ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन गरिएको थियो। सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषयका आधारमा सूचीकरण गरिएको छ। विश्वकै शान्त राष्ट्रको सूचीमा आइसल्यान्ड पहिलो स्थानमा छ भने अफगानिस्तान अन्तिम स्थानमा छ।

नेपाल, पाकिस्तान, भुटानमा भएको सुधार र अफगानिस्तानले गरेको केही लाभका कारण गत वर्षको तुलनामा यसपटक दक्षिण एसियाली देशमा सुधार देखिएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>