समाज

आलमको दाबीः बम त के अहिलेसम्म पटका समेत पड्काएको छैन ?

Banner

रौतहट,कात्तिक २९-

राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्‍याएका छन् । जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’राजपुरमा बम विस्फोटको घटना नै नभएको उनको दाबी छ ।

राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो । तर घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरे ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । उनले भने आरोप अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>