नवलपुर
नारायणगढ-बुटवल सडकः वन मन्त्रालयले दियो ४६ हजार रुख काट्ने अनुमति

नवलपरासी,कात्तिक २७ –
वन मन्त्रालयले महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ रुख काट्न अनुमति दिएको छ । वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई गत सोमबार पत्र पठाएर सडक फराकिलो पार्न रुख कटान गर्न आवश्यक रहेको भनेपछि सोही परिमाणको रुख काट्ने अनुमति दिइएको हो । अनुमतिलगत्तै सडक निर्माण अघि बढ्ने भएको छ ।
त्यसबाहेक महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रिया अघि बढाइसकेको बुटवल नारायणगढ सडक पूर्वि खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए । सडक निर्माणको जिम्मेवारी पाएको चाइनीज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले (सिएससिईसी) रुख काटेर चाँडो काम गर्ने जानकारी दिएको छ । बुटवल-नारायणगढ खण्डको दायाँबायाँ पर्ने विद्युत्का २४ सय वटा पोल हटाउन पर्ने भएकाले त्यसका लागि पनि टेण्डरको प्रक्रिया सुरु भएको छ ।
























