नवलपुर

नवलपुरको लोकाहा खोलाको पुरानो पुल मर्मत हुँदै, सञ्चालनमा आउन दुई साता लाग्ने

०
Banner

नवलपुर,कात्तिक १९ –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (नवलपुर) (बर्दघाट सुस्ता पूर्व) को लोकाहा खोलास्थित पुरानो ट्रस पुल मर्मत भइरहेको छ ।

पुलको स्ल्याबमा समस्या देखिएपछि मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । मर्मत कार्य जारी रहेकाले पुरानो पुलबाट सवारी आवागमन बन्द गरिएको छ । अहिले सवारीसाधनहरू नयाँ पुल हुँदै आवतजावत गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पुरानो पुलको मर्मत सम्पन्न गरी पुनः सञ्चालनमा आउन करिब दुई साता लाग्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>