राजनीति

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

Banner

काठमाडौं कात्तिक ७

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्‍न राष्ट्रहरूको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्‍ट्रय विमानस्थलबाट कतार एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले विमानस्थलमा सलामी अर्पण गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ८–९ कात्तिकमा अजरबैजानको राजधानी बाकुमा सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।फोटो /फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>