देश/प्रदेश

कास्कीमा रजनी केसी साझा पार्टीको उम्मेदवार

Banner

पोखरा, कात्तिक ६-

साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो ।
उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन् ।

उपचुनाव जनमत संग्रह

उपचुनाव हुने अरु क्षेत्रका उम्मेदवारहरु भने क्रमशः चयन गरिने साझा पार्टीले बताएको छ ।

साझा पार्टीले यो उपचुनावलाई जनमत सग्रह भनेको छ । ‘यो उपचुनाव सत्ता र विपक्षमा रहेका दुबै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको जनमत संग्रह हो’ उसले भनेको छ, ‘हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नुपर्ने गहन जिम्मेवारी थपिएको छ ।’ राजनीतिक वेथितीप्रति जनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न आफू भरपर्दो विकल्प भएको समेत साझा पार्टीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>