देश/प्रदेश

मेलम्चीमा करेन्ट लागेर एकको मृत्युं

Banner

मेलम्ची कात्तिक, ६-

भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्की राख्ने स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो ।

स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन जाँदा गारेलाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचारको क्रममा मृत्यु भएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>