देश/प्रदेश
जनकपुरमा लेनदेनको विवादमा गोली चल्यो , एकको ज्यान गयो

जनकपुरधाम, कात्तिक ६-
जनकपूरमा आज (बुधबार) बिहान दुई युवाबीचको विवादले उग्ररूप लिएपछि हुँदा गोली चलेको छ । जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै चलेको गोलीबाट जनकपुर(१ का ४० वर्षीय मनोज कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी अमित साहका अनुसार लेनदेनको विषयमा चर्काचर्की हुँदा पंकज चौधरीले गोली चलाएका हुन् । साहले भने, ‘सुरुमा लेनदेनको विषयमा चर्काचर्की भएको थियो, त्यसपछि पंकज चौधरीले गोली नै चलायो ।’आफू पनि त्यहाँबाट ज्यान जोगाएर भागेको र प्रहरीलाई खबर गरेको पनि उनले बताए ।
घटना आज बिहान अन्दाजी ९:३० बजे को हो । गोली लागेको युवक मनोजलाई तत्काल जनकपूर आँचल अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोषणा गर्यो ।
यता गोली चलाउने व्यक्तिलाई बन्दुक सहित प्रहरी आफ्नो नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।






















