देश/प्रदेश

बागलुङमा बालिका अपहरणको प्रयास गर्ने एक व्यक्ति पक्राउ

Banner

गलकोट, कात्तिक ५-
बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ ।

ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो ।

बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज खड्काले बताए । खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताए ।

बुबाआमा काममा गएको मौका पारी घरमै एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा रु एक हजार दिने भनी प्रलोभनमा पारेर बुतिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछका लागि ल्याइएकी बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>