देश/प्रदेश
दिल्ली जाँदै गरेको बस लखनऊमा दुर्घटना, बसमा अधिकांश नेपाली
०

लखनऊ कात्तिक ३-
नेपालबाट दिल्ली जाँदै गरेको बस भारतको लखनऊमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको छ।
आज बिहान लखनऊस्थित इकाना स्टेडिएम नजिकै भएको दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएका छन्।
बसको अगाडि भाग क्षतिग्रस्त छ।
बसमा अधिकांश नेपाली रहेको दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।
घाइतेहरूलाई लोहिया अस्पताल भर्ना गरिएको छ। सबैको अवस्था सामान्य छ।
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपालबाट दिल्ली गएको स्कैनिया बस अनियन्त्रित भएको अगाडिबाट आएको ट्रकसँग ठोक्किएको
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>