खेलकुद

एपीएफद्धारा झापा ११ सडनदेथमा पराजित

Banner

चितवन, कार्तिक २–

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायगढको क्याम्पाचौरमा जारी ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मगमग झापा–११ विरुद्ध सडन डेथमा विजयी हुँदै एपीएफले सेमीफाइनलमा नेपाल आर्मीसँगको भीडन्त पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समय गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि गरिएको पेनाल्टी सुटआउटमा पनि ४–४ को बराबरी भएपछि खेलले सडन डेथको बाटो तय गरेको थियो । सडन डेथमा झापाका सुरज विकको प्रहार एपीएफका अमृत चौधरीले रोकेपछि दबाबपछि एपीएफका राजेन्द्र रावलले गोल गरे ।

एपीएफको जितमा नायक बनेका गोलरक्षक अमृत चौधरी म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए ।
अब सेमीफाइनल प्रवेशका लागि एपीएफले अर्को विभागीय टिम नेपाली आर्मीसँग कात्तिक ४ गते खेल्नेछ । यसअघि विकास रनिङ शिल्ड–२०७४ मा एपीएफले थ्रीस्टारलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा चौथो दिन आइतबार युनाइटेड दार्जिलिङले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>