देश/प्रदेश
गुण्डा नाइके बाघे पक्राउ
०

काठमाडौं कात्तिक १-
गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई प्रहरीको महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको छ।
बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
लामा जेबिएस डिपोका सञ्चालक हुन् । यसअघि पनि लामा विभिन अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए ।
बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाशाखा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>