देश/प्रदेश

विश्वमा जलवायु परिवर्तनले भोकमरीको अवस्था बढ्दै, नेपाल ७३ औं स्थानमा

Banner

काठमाडौं, असोज २९-

‘ग्लोबल हंगर इन्डेक्स’मा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले औंल्याएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्थुन्गरहिल्फले संयुक्त रुपमा तयार पारेर मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । सो इन्डेक्समा ११७ मुलुक समावेश गरिएका छन् ।

प्रतिवेदनमा ४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको जनाइएको छ । चाड, मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा अर्थात् ‘अलार्मिङ ’अवस्थामा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिकको अवस्था त्यो भन्दा नराम्रो भएको पाइएको छ ।

जलवायु परिवर्तनका कारण भोकमरीको अवस्था बढेको प्रतिवेदनमा उल्लेख छ । सो सूचीमा भारत १०२ नम्बरमा, पाकिस्तान ९४ मा, बंगलादेश ८८ र श्रीलंका ६६ औं स्थानमा पाइएका छन् । सो सूचीमा बेलारुस, युक्रेन, टर्की, क्युबा, कुवेत जस्ता मुलुक माथिल्लो श्रेणीमा रहेको पाइएको छ । यो प्रतिवेदनलाई विभिन्न महत्वपूर्ण निकायले मान्यता दिँदै आएका छन् ।

(एजेन्सी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>