देश/प्रदेश

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

०
Banner

काठमाडौं, असोज २६–

नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो । यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>