देश/प्रदेश

गुरुङ राष्ट्रिय परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन शुरु

Banner

काठमाडौँ, असोज २४–

गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा आज (शुक्रबार)देखि राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

शनिबारसम्म जारी रहने सम्मेलनमा भारत, चीन, भूटान, बेलायत, जापान, दक्षिण कोरिया, बेल्जियम, संयुक्तराज्य अमेरिकालगायत ३७ मुलुकमा रहेका गुरुङ समुदायका प्रतिनिधि तथा देशका ६२ जिल्लाका प्रतिनिधिको सहभागिता छ ।

पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मेलनको उद्घाटन गर्दै स्वदेशमा गुरुङ समुदाय तथा विदेशमा नेपाली भएर अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले विश्वभर छरिएका गुरुङ जातिबीच पारिवारिक सम्बन्ध कायम गर्दै उनीहरूको गौरवमय इतिहासको खोजी तथा निर्माण गर्नु सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक रेशम गुरुङले विश्वका विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ समुदायको एकता तथा भाषा संस्कृतिको संरक्षणका लागि सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

सम्मेलनमा प्रा डा ओम गुरुङले आदिवासी ‘जनजातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन र तमु समुदायको सवाल’, डा गणेश गुरुङ र डा सुमित्रा मानन्धर गुरुङले ‘तमु समुदाय र आर्थिक समृद्धि’, डा टेकबहादुर गुरुङले ‘गुरुङ जातिको उत्पत्ति’ र बालनरसिंह गुरुङले ‘खेमा लिपि’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>