देश/प्रदेश
सिन्धुपाल्चोक दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो, ४० भन्दा बढी घाइते
०

सिन्धुपाल्चोक, असोज २४–
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अन्यको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन् । उनीहरुको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















