गण्डकी

सिन्धुपाल्चोकमा बस दुर्घटनाः सात जनाको मृत्यु, ५० बढी घाइते

Banner

मेलम्ची, असोज २४–

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ५० भन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>