देश/प्रदेश

दाङको थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै

Banner

लमही, असोज २३–

थारु जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली अध्ययन गर्नका लागि यहाँ थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । दङ्गीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।

सङ्ग्रहालयमा एक हजारभन्दा बढी थारु संस्कृतिसँग जोडिएका कलाकृति यहाँ राखिएका छन् । थारु जातिको संस्कृतिलाई जीवन्त राख्नका लागि करीब रु तीन करोडभन्दा बढी आर्थिक लगानी भइसकेको बताइएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सङ्ग्रहालयको सवलीकरणका लागि रु ६५ लाख सहयोग गरेपछि सांस्कृतिक सङ्ग्रहालयलाई थप व्यवस्थित गर्ने काम गरिएको प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

थारु सङ्ग्रहालयमा थारु जातिको कला, संस्कृति, रीतिरिवाजसँगै थारु जातिका प्रथम राजा दङ्गीशरणको प्रतिमा समेत स्थापना गरिएको छ । थारु जातिको उद्गमस्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु सङ्ग्रहालय स्थापना गरिएको हो ।

सांस्कृतिक सङ्गहालयमा दाङका थारु समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडा, ढकिया, गुन्दी, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा, हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीर राखिएको छ । चार बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक सङ्ग्रहाललाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमूना केन्द्रका रुपमा विकास गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>