समाज

दशैंको भाइरल नेपालगन्जकी उपमेयरको तस्बिरः आखिर भएको के हो ?

Banner

नेपालगन्ज,असोज २३-

यो दशैंमा एउटा तस्बिर भाइरल भएको छ। भाइरल भएको तस्विर सामान्य व्यक्तिको नभई नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा मगरको हो । उक्त फोटोे भाइरल भएसंगै उपमेयर विवादमा तानिएकी छन् । उनले दसैंको टीका लगाएर आफ्नो पिताजीलाई अस्वभाविक तरिकाले खुट्टा ढोक्न लगाएको फोटो लिइन् र उक्त फोटो सहर्ष आफ्नो फेसबुकमा राखिन् ।

अहिले फेसबुक प्रयोगकर्ताहरुले उक्त फोटोमा कमेन्ट र सेयर गरिरहेका छन् । कतिपयले अति भो, अचम्म भयो भन्दै कमेन्ट गरिरहेका छन् । आफ्नो फोटो विवादमा आएपछि उनले उक्त फोटो भने आफ्नो एकाउन्टबाट हटाएकी छन् । कतिपयले नीजि कुरा भन्दै स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>