देश/प्रदेश

विपद् जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन गृहमन्त्रीको निर्देशन

Banner

काठमाडौँ, ४ असारः 
गृहमन्त्री सुधन गुरुङले विपद्को जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

आज सिंहदरबारमा मनसुन पूर्वतयारी र प्रतिकार्यका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री गुरुङले बाढी, पहिरो, डुबान, सुक्खा क्षेत्रको सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिनुभएको हो ।

विपद्को सूचना छिटोभन्दा छिटो सर्वसाधारणमा पुर्‍याउनु पहिलो आवश्यकता रहेको भन्दै मन्त्री गुरुङले विपद् हुनासाथ तत्काल प्रतिकार्यमा सबै जुट्नसक्ने गरी संयन्त्र बनाउन पनि निर्देशन दिनुभयो । उहाँले सूचनासञ्चारको कामलाई व्यवस्थित बनाउनुपर्ने, निकाय, विभाग र संस्थाहरूबीचको आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने, अस्थायी आश्रयस्थल र राहत वितरणको कार्य गर्दा विशेष प्रकारका नागरिकलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्नेलगायत विषयमा जोड दिनुभयो ।

आजको छलफलमा विभिन्न ११ वटा विषयगत क्षेत्रका नेतृत्वकर्ता सरकारी मन्त्रालय/निकाय र सह-नेतृत्वकर्ता, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रसका साथै तीनवटै सुरक्षा निकाय र अन्य सरोकार भएका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

छलफलमा विषयगत क्षेत्रका प्रतिनिधिहरूले विशेष गरी मनसुन अवधिका लागि आ-आफ्नो विषयगत क्षेत्रबाट भएको पूर्वतयारी र भइरहेका कामका बारेमा जानकारी गराएका थिए । सोक्रममा यसवर्षको मनसुनमा कम वर्षा हुने र गर्मी पनि बढ्ने पूर्वानुमान गरिएको विषयमा छलफल गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>