गण्डकी

पहिरो पीडितलाई घर हस्तान्तरण

Banner

म्याग्दी, असोज १९–

प्रवासीहरुको सहयोगमा जलजला गाउँपालिकाका पहिरो पीडितहरुको घर पुननिर्माण भएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजको सहयोगमा पुननिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ ।
वडा न। ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न। ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो ।
समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सिमा गर्बुजा पुनले घरको शिलालेख अनावरण गरेर घर हस्तान्तरण गर्नुभएको थियो ।

समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवा लगायत निर्माण सामग्री खरिद गर्न सहयोग गरेको हो । नौ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएकोमा १४ लाख १९ हजार ४३५ रुपैयाँ खर्च भएको वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

समाजले प्रतिपरिवार थप एक, एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरो पिडित वुद्धी परियारले बताउनुभयो । दुई कोठे भवन र शौचालय सहितको घर बनाइएको हो ।
यसअघि पोखराको असल छिमेकी नेपालको ७९ लाख २८ हजार रुपैयाँ सहयोगमा बेरनेतामा १७, लस्तिमा ७ र मिलनचोकमा एक वडा घर पुननिर्माण गरेर हस्तान्तरण भइसकेको छ ।

२०७५ साउन १ गतेको बाढी, पहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो । घर पुननिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पीडितहरुले खुसी व्यक्त गरेका छन् । केही पीडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>