देश/प्रदेश

उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको आग्रह

Banner

काठमाडौं, असोज १८–

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।

बडादशैँ, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गर्दै आयोगले त्यस्तो आग्रह गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा आज जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ । पर्वहरुले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>