देश/प्रदेश

बुटवलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Banner

रुपन्देही, असोज १७–

बुटवलको नयाँगाउँमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बुटवल–३ गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नंको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>