देश/प्रदेश
दाङमा डुबेर दुई किशोरीको मृत्यु
०

तुलसीपुर, असोज १६–
दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा आज पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । दुवै जनाको उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























