देश/प्रदेश

हेटौँडामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

Banner

हेटौँडा असोज १६

ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । तीव्रगतिका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>