खेलकुद

प्रथम मध्यविन्दु कपः अभिषेक चर्चद्वारा अरुणखोलाविरुद्ध गोलको वर्षा

Banner

नवलपुर, असोज १५–

अभिषेक चर्च रजहरले चोरमारामा जारी प्रथम मध्यविन्दु कप फुटबल प्रतियोगितामा शानदार जित हात पारेको छ । आज (बुधबार) भएको खेलमा अरुणखोलालाई ८–१ गोल अन्तरले पराजित गर्दे अभिषेक चर्चले शानदार जित हात पारेको हो । खेल अबधिभर अरुणखोलाई निकै दबाबमा राखेको अभिषेक चर्चले उपहार गोलबाट अग्रता लिएको हो ।

छैटौं मिनेटमा अरुणखोलाका खेलाडीले आत्मघाती गोल गरेपछि अग्रता लिएको हो । अभिषेक चर्चले नवौं मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे । विश्वास श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएपछि १६ औं मिनेटमा विदेशी खेलाडी एरिकले गोल गर्दै ३–० को अग्रता कायम ग¥यो । लगत्तै २३ औ मिनेटमा क्षितिज राज जिसीले गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा विश्वास श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल थप्न सफल भए ।

पहिलो हाफमा ५–० ले पछि परेको अरुणखोला दोस्रो हाफमा केही सम्हालिएर खेल्ने प्रयास ग¥यो र एक गोल फर्काउन सफल भयो । अरुणखोलाका लागि विजय लामाले दोस्रो हाफको चौधौं मिनेटमा टिमका लागि सान्त्वना गोल गरे लगत्तै १६ औं मिनेटमा श्रीकृष्ण श्रेष्ठले गोल गर्दै अभिषेक चर्चले टिमलाई ६–१ को स्थितिमा पु¥याए ।

यस्तै विश्वास श्रेष्ठले ह्याट्रिक पुरा गर्ने क्रममा दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दे टिमलाई ७ –१ को अग्रता दिलाए । २७औं मिनेटमा विदेशी खेलाडी एरिकले व्यक्तिगत दोस्रो तथा अभिषेक चर्चलाई ८–१ को जित दिलाउन सफल भए ।

प्रतियोगिता अन्तरगत भोलि (बिहीबार) थ्री ब्रर्दश नारायणगढ र लोगस क्लब कावासोतीबिच प्रतिस्पर्धा हुने खेल मैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलले जानकारी दिए । प्रतियोगितमा १४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>