देश/प्रदेश

‘मिस्टर एण्ड मिस थारु आइकन’ को फाइनल असोज १७ मा

Banner
विराटनगर, असोज १५–
थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि यही असोज १७ गते प्रदेश नं–१ स्तरीय ‘मिस्टर एण्ड मिस थारु आइकन–२०१९’ को फाइनल प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा मोरङ, सुनसरी, गाईघाट, झापाका ३१ जना युवायुवतीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५०/५० हजार नगदसहित विभिन्न उपहार प्रदान गरिने छ । प्रतियोगितालाई थारु वेषभूषा, खानाका परिकारलगायत थारु कला ‘मोख कला’ को समेत प्रशिक्षण दिइएको थियो ।
थारु जातिको भक्का, बगिया, घोघीलगायतका खाना परिकारलगायत थारु वेषभूषा, कला संस्कृतिलाई आज युवालाई ज्ञान दिई नेपालको कला संस्कृतिलाई विश्व समुदाय समक्ष प्रस्तुत गरी पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको केन्द्रका अध्यक्ष देवकृष्ण विश्वास जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>