देश/प्रदेश

चितवनकी सांसद उमा रेग्मीलाई राती नै आएको थियो फोन

Banner

काठमाडौं, असोज १४–

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसदकी कर्मचारीलाई बलात्कार गरेको खबरले अहिले सबैको ध्यान खिचेको छ । आइतबार साझ भएको उक्त घटना बारे हाम्राकुरा डटकमले समाचार प्रकाशन गरेपछि सबै कुरा बाहिर आयो ।

तर यो घटना बारे आइतबार राती नै सांसदहरुलाई जानकारी भएको खुलासा भएको छ । पीडित कर्मचारीले ‘घटना’ भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको हो।

शनिबार राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको पीडितको दाबी छ । उनले त्यही रात साढे ११ बजे नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई फोन गरेको पाइएको छ । रेग्मीले भनिन्, ‘मलाई न्याय चाहियो माननीयज्यू भन्दै फोन गरेकी थिइन् ।’

मैले के भयो र भनेर सोधेँ, उनले म रेपमा परेँ भनिन् । कोबाट भन्दा सभामुखबाट भनिन् ।’ सोमबार विहान पनि पीडित महिलाले फोन गरेपछि आफूले पार्टीका नेताहरुलाई पनि घटनाबारे बताएको रेग्मीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>