देश/प्रदेश
सभामुख कृष्णबहादुर महारामाथि बलात्कारको आरोप
०

काठमाडौं, असोज १३–
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर प्रकृतिको बलात्कारको आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् । संसदकी कर्मचारीले आफू घरमा एक्लै भएको बेला सभामुख महरा आएर दुव्र्यवहार गरेको आरोप लगाइन् ।
उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् ।
प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । ती फोटो समेत सार्वजनिक भएको छ । जहाँ रक्सीको बोतल र सलाद रहेको देखिन्छ ।
उता सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको दावी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>