देश/प्रदेश
सरकारले तोक्यो खसीबोका र च्याङ्ग्राको मूल्य, कति पर्छ प्रतिकेजी?
१

काठमाडौं असोज १३-
सरकारले दशैंका लागि खपत हुने खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
कति तोकियो मूल्य
ज्युँदो खसीबोका : ५ सय ५० रुपैयाँ प्रतिकेजी ।
ज्युँदो च्याङ्ग्रा : ७ सय ३० रुपैयाँ प्रतिकेजी ।
कम्पनीको कार्यालय थापाथलीमा आजैबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू भइसकेको छ ।
मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको प्रबन्ध निर्देशक गौचनले बताए ।
दशैंमा खसीबोका आपूर्तिका लगि यति खसीबोका तथा च्याङ्ग्रा पर्याप्त नभएपनि उपभोक्तालाई वास्तविक मूल्य जानकारी दिने उद्देश्यले मूल्य तोकिएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>