खेलकुद

प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता आजदेखी , पहिलो दिनको खेलमा चोरमारा र गिरुवारी भिड्ने

Banner

बिजय चालिसे

नवलपुर  असोज १२-

प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता २०७६ आजबाट सुरु हुदैछ । नवनिर्मित नव जागरण नमुना मावी चोरमारा रंगशालाको उद्घाटन सहित प्रतियोगिता सुरु हुन लागेको आयोजकले जनाएको छ । रंगशाला सहित खेलको उद्घाटन प्रतिनिधि सभा सदस्य तिलक महतले गर्ने कार्यक्रम तय भएको खेल मैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलले जानकारी दिए ।
रंगशाला उद्घाटन समारोहपछि प्रतियोगिताका खेलहरु सुरु हुने उनले बताए । आजको उद्घाटन खेल दिउसो ३ बजे चोरमारा युवा क्लब र गिरुवारी युनाईटेड युवा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितमा १४ टिम को सहभागिता रहेको छ । मध्यबिन्दु कप फुटबल प्रत्योगिताको उपाधी बिजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ । त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५/१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने खेल संयोजक चक्र बन्धु अधिकारीले बताए ।

यसैबिच, बिजय सामुदायिक बन उपभोक्ता समुह मध्यबिन्दु ७ चोरमाराले प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग गर्ने घोषण गरेको छ दोस्रो पुरस्कार अर्थात १ लाख ११ हजार १ सय ११ रुपैया आस्था फुट वेयर ईन्डष्ट्रिज प्रालि रुपन्देहीले सौजन्य गर्ने घोषणा गरेको आर्थिक संयोजक भिम हमालले बताए । यस्तै न्यौपाने ग्रील उद्योग मध्यविन्दु २ ले सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५÷१५ हजार उपलब्ध गराउने घोषणा गरेको छ । प्रतियोगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>