देश/प्रदेश
भक्तपुरमा ‘अन्तर्राष्ट्रिय फूडटिच मेला’ सुरु

भक्तपुर, असोज ८–
भक्तपुरको सल्लाघारी चौरमा आज (बिहीबार)देखि चार दिने ‘अन्तर्राष्ट्रिय फूडटिच मेला’ शुरु भएको छ ।
ओलप्पियाको मुख्य आयोजना र नेपाल सरकार, चेम्बर अफ कमर्स लगायतविभिन्न संघसंस्थाको सहयोगमा शुरु भएको मेलामा विभिन्न देशका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।
फूडटिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फूडटिच मेला दशैं आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए । उनले यस मेलाले अन्तर्राष्ट्रियस्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’नारालाई आत्मसाथ रहेको दाबी गरे । यो मेलाले नेपाललगायत विभिन्न मुलुकका विभिन्न क्षेत्रबाट आएका वस्तुको अन्तर्राष्ट्रिय व्यापारको बजारीकरण हुने उल्लेख गरे ।
मेलाको पहिलो दिन दर्शकको उत्साहजनक उपस्थिति रहेको मेला संयोजक भट्टराईले जानकारी दिए ।