चितवन विशेष

चितवनमा धानमा बाला नलागेपछि केन्द्रीय टोलीले गर्‍यो निरीक्षण

Banner

चितवन, असोज ७–

पूर्वीचितवनका किसानहरुले लगाएको ‘गरिमा’ जातको धानमा बाला नलागेपछि अनुसन्धान सुरु भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बनाएको टोलीले धानमा बाला नलाग्नुको कारण बारे अनुसन्धान सुरु गरेको हो । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका डा.रामवरण यादवको संयोजकत्वमा बनेको टोलीले आज (मंगलबार)बाट अनुसन्धान सुरु गरेको हो । सो टोलीले मंगलबार पूर्वी चितवनको राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका किसानहरुले लगाएको धानबालीको निरीक्षण गरेको छ ।

टोलीले चार दिनभित्रमा धानमा बाला नलाग्नुको कारण र किसानका गुनासो समेटिएको प्रतिवेदन संघीय मन्त्रालयमा निरीक्षण टोलीमा सहभागि कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले अनुगमनको अक्रममा धान रोपेको ११० दिन पुग्दा पनि बल्ल बाला लाग्ने सुरुको अवस्था देखिएको बताए । उनले धानको बीउँ नै फरक परेको हुन सक्ने भएकाले बीउँको डीएनए परीक्षण समेत गर्न लागिएको बताए । उनले डीएनए परीक्षणका लागि बीउँ बिजन गुणस्तर नियन्त्रण केन्द्रलाई पठाइएको जानकारी दिए ।

अरु जातका धानमा बाला लागे पनि ‘गरिमा’ जातको धानमा बाला नलागेपछि पूर्वी चितवनका किसान चिन्तित छन् । निरीक्षण कार्यक्रममा केन्द्रीय टोलीसंगै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बराल, जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था भण्डाराका अध्यक्ष धर्मराज कँडेललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>