कालिका

कालिका नगरपालिकामा कार्यदलले बुझायो शैक्षिक प्रतिवेदन

Banner

चितवन,असोज ६-

कालिका नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको अबस्था अबलोकनका लागि बनेको कार्यदलले सोमवार प्रतिवेदन बुझाएको छ । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठलाई कार्यदलले ३२ पुष्ट लामो प्रतिवेदन बुझाएको हो । कार्यदलले साढे दुई महिना लगाएर नगर भित्रका विद्यालयहरुको शैक्षिक अबस्थाको अनुगमन तथा मुल्याङकन गरेको थियो ।

अनुगमनबाट पहाडी क्षेत्रमा रहेका विद्यालयहरुमा दिवा खाजा,स्टेशनरी र पोसाक उपलब्ध गराउनु पर्ने, चेपाङ विद्यार्थीको शिक्षाको लागि छात्रावास सञ्चालन गर्नुपर्ने, शिक्षक नियमितताको लागि अनुगमन गर्नुपर्ने, सिकाई उपलब्धिमा राम्रो गर्ने शिक्षकलाई पुरस्कृत र राम्रो नगर्नेलाई कारबाही गर्नुपर्ने, एक बर्ष भित्र राम्रो नगर्ने प्रध्यानाध्यापकलाई परिर्वतन गर्नुपर्ने सुझाब सहितको प्रतिवेदन नगरपालिकालाई बुझाईएको कार्यदलका सदस्य तथा शिक्षा समितिका सदस्य पूर्ण बहादुर पुरीले जानकारी दिए । त्यसैगरी कार्यदलले विद्यार्थी संख्या कम भएका विद्यालय समायोजन गर्न, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्न प्रतिवेदन मार्फत नगरपालिकालाई सुझाब दिइएको उनले बताए । समथर भुभागमा रहेका विद्यालयहरुमा पनि शिक्षण शिकाई, शिक्षक व्यवस्थापन र पूर्वाधरणको अभाव रहेकाले सोही अनुसार काम गर्न नगरपालिकालाई सुझाब दिइएको छ ।

प्रतिवेदन बुझिसकेपछि मेयर खुमनारायण श्रेष्ठले नगरको शिक्षा सुधारका लागि अगुवा शिक्षकहरुको कार्यदल बनाई विद्यालयको अनुगमन गरिएको बताए । उनले प्रतिवेदनमा आएका विषयहरुलाई आध्ययन गरी बार्षिक कार्यक्रममा राखेर काम गरिने जानकारी दिए । शिक्षाको सुधारको लागि कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा काम गरिने मेयर श्रेष्ठले बताए । कार्यदलको संयोजकमा नगर शिक्षा समितिका सदस्य रामध्वज डल्लाकोटी र सदस्यहरुमा शिक्षा शाखा प्रमुख नारायण प्रसाद वाग्ले, शिक्षा समितिका सदस्यहरु चित्रबहादुर रायमाझी,पूर्ण बहादुर पुरी,पुथ्वी माविका प्रधानाध्यापक गंगाराम गुरुङ र नगरपालिकाका शाखा अधिकृत ऋषिराम शर्मा रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>