कालिका

चितवनको धानमा बाला नलाग्ने समस्या, किसानद्वारा क्षतिपूर्ति माग

Banner

चितवन, असोज ५-

किसानले लगाएको धानबालीमा बाला नलाग्ने समस्या भएपछि चितवनका किसानहरु चिन्तामा परेका छन् ।

हाइब्रिड जातको ‘गरिमा’ नामको धान लगाएका किसानको धानमा बाला नलाग्ने समस्या देखिएको हो । चितवनको कालिका, रत्ननगर, राप्ती, खैरहनीलगायतका क्षेत्रमा सो धान लगाएका अधिकांश किसानको धानमा बाला नलागेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । पूर्वी चितवनका खेतहरु सुरुमा रोपाइँ गर्नै समस्या हुने गर्दछ । रोपाइँ गरिसकेपछि धानमा हाल्ने मल पाउन किसानले समस्या झेल्दै आए । बल्लतल्ल मल, औषधि हालेर जोगाएको धान बाला नलाग्ने समस्याले गर्दा मर्कामा परेको उनीहरुले बताएका छन् । आफूले लगाएको करिब एक बिघा धान खेतमा बाला नलाग्दा दुःखी भएको कालिका वडा नं. ६ खोलेसिमलका किसान फूलमान लामाले बताए ।

उनीसँगैका तारादेवी सिंखडा, सुमित्रा लामिछानेलगायतका किसानको पनि सोही समस्या रहेको उनले बताए । यी त चितवनका प्रतिनिधि पात्र मात्र हुन् । चितवनका सयौँ बिघामा लगाएका किसानहरु अहिले धानमा बाला नलाग्ने समस्याले पिरोलिएका छन् ।

हामीले क्षतिपूर्ति पाउनुप¥यो ः किसान

धानको बीउ खरिद गरी हाइब्रिड जातको बीउ लगाएको र सो धानमा बाला नलाग्ने समस्या भएकाले हामीहरुले क्षतिपूर्ति पाउनुपर्ने कालिका नगरपालिकाका किसानले बताएका छन् ।

बीउ किनेको पसल, वडा कार्यालय र नगरपालिकामा पनि सो समस्याको बारेमा जानकारी गराएको लामाले बताए । कस–कसबाट गल्ती भएको हो, उनीहरुबाट हामीलाई नगरपालिका र सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने किसानको माग छ । धान खेतीका लागि उर्वर भूमिको रुपमा परिचित जिल्ला चितवन हो । जिल्लाका सयौँ बिघामा किसानले धान लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>