कालिका

सुरक्षित बचतद्धारा उत्कृष्ट विद्यार्थी र सेयर सदस्य सम्मानित

Banner

चितवन, असोज ४–

पूर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी अस्मिता पौडेल र अनिष धमलालाई सम्मान गरेको छ ।

सेयर सदस्यहरु मध्येबाट उनीहरुका छोराछोरी मध्ये उत्कृष्टअंक ल्याउनेलाई संस्थाले हरेक वर्ष नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्ने गरेको हो । उनीहरुलाई संस्थाका अध्यक्ष शीतलकाजी श्रेष्ठले सम्मानित गरेका थिए ।

संस्थाको १२औं वार्षिक साधारण सभाको अवसरमा शनिबार संस्थाका ज्येष्ठ शेयर सदस्यहरु चन्द्रप्रसाद पाठक, ईश्वरीप्रसाद काप्री र सूर्यनाथ न्यौपानेलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य ईश्वरकुमार श्रेष्ठ, गीताकुमारी घिमिरे, गोपिन्द्र चौधरी र तुलसी अर्याललाई पनि सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणी रामबहादुर थापा मगर र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी सुमन महतोलाई पनि सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शीतलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाको नीति, कार्यक्रम तथाआर्थिक वर्ष २०७६ र ७७ को भावी कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा उपाध्यक्ष ओमप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए । संस्थाका सचिव भिमप्रसाद लामिछानेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष भिम प्रसाद खनालले लेखा परीक्षण प्रतिवेदन र लेखा संयोजकद्रोणाचार्य रेग्मीले आन्तरीक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो संस्थाले गत आर्थिक वर्षमा ६० करोड रुपैयाँको आर्थिक कारोबार गरेको थियो । सो संस्थाले हाल पदमपुर र टाँडीमा सेवा केन्द्र स्थापना गरी सेयर सदस्यलाई सुविधासमेत दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>