नवलपुर

नवलपुरमा लागूऔषधसहित दुई पक्राउ

Banner

विजय चालिसे

नवलपुर, असोज ०४-

नवलपुरको देवचुली नगरपालिकाबाट शुक्रबार राति लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

देवचुली–१५ धौलागिरी चोक स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा खटिएको प्रहरीको टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र सोही महानगरपालिका ३२ बस्ने २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

भैरहवाबाट म्याग्दीको बेनी जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट फेनरागन ३०, नोफिन ३० र डाइजोपम ३० एम्पुल गरी ९० एम्पुल लागूऔषध बरामद गरिएको प्रहरी निरीक्षक ढकालले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>