चितवन विशेष
विश्व रेविज दिवसमा रामपुरमा पोस्टर आर्ट प्रतियोगिता सम्पन्न

चितवन असोज ३
विश्व रेविज दिवश २०१९ को अवसर पारेर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन, रामपुर,चितवनले ‘नेसनल पोस्टर आर्ट’ प्रतियोगिता आज रामपुरमा सम्पन्न गरेको छ ।
प्रतियोगितामा युमी शाक्य र परिक्षा गरुङले प्रथम स्थान, दोस्रो स्थान लक्ष्मण गौतम र तेस्रो स्थान अन्जु शर्माले हाशिल गरेका छन । विजेताहरुलाई पाँच हजार, तिन हजार र दुई हजार क्रमस प्रदान गरिएको थियो।
नेभिविए अन्तर्गतको रिसर्च एण्ड एक्स्टेन्सन कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा कृषि र वन विज्ञान विश्वविद्यालय र नेपाल पोलिटेक्निक ईन्स्टिच्युटको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सम्पूर्ण विद्यार्थीहरुमाझ रेविज रोगसम्बन्धी अन्तरक्रिया गर्नुका साथसाथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउनु रहेको कुरा ने भे वि ए का अध्यक्ष विशाल पाठकले बताए।
त्यस्तै रेविज सम्बन्धी जनचेतना जगाउन स्कुल कार्यक्रम, सामाजिक संघसंस्था जागरण अभियान लगायत पशुहरुमा निःशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको कुरा रिसर्च एण्ड एक्स्टेन्सन संयोजक बालकृष्ण पाण्डेले जनाए। कार्यक्रमका प्रमुख अतिथि प्रा डा होम बहादुर बस्नेत थिए भने प्रोग्राम संयोजकको भूमिकामा सक्षम पाण्डे रहेका थिए । पशु स्वास्थ्य र कल्याणको क्षेत्रमा निरन्तर लागिरहने कुरा नेभेविए ले जनाएको छ।