खेलकुद

नवलपुरमा प्रथम मध्यबिन्दु कपको तयारी तीव्र

Banner

नवलपुर, असोज २-

प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता–२०७६ को तयारी तीव्र पारिएको छ ।

असोज १२ गते अर्थात् घटस्थापनाको दिनबाट मध्यबिन्दु नगरपालिका–७ चोरमारामा सुरु हुने फुटबल प्रतियोगिताको तयारी तीव्र बनाइएको हो ।

मध्यबिन्दु नगगरपालिका–७ मा रहेको खेलमैदानलाई चोरमारा रंगशाला यसै वर्षबाट नामाकरण गरी प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । यस वर्षबाट सुरु गरिएको मध्यबिन्दु कप प्रत्येक वर्षको घटस्थापनाको दिनबाट निरन्तर सञ्चालन गरिने नवजागरण नमुना मावि खेलकुद मैदान स्तरोन्नति समितिका अध्यक्ष श्याम पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार अहिले कम्पाउण्डमा रंगरोगनसँगै मैदानमा मेसिनद्वारा झार काट्ने कार्य भइरहेको छ । प्रथम मध्यबिन्दु कप फुटबल प्रत्योगिताको उपाधि विजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित सिल्ड मेडल र प्रमाणप्रत्र प्राप्त गर्ने सचिवालय संयोजक बिन्दु काफ्लले जानकारी दिए ।
छिमेकी जिल्ला चितवन पश्चिम नवलपरासीलगायतका जिल्लाबाट टिम दर्ता हुने क्रम जारी रहेको र यही असोज ९ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिडिया सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्ज रहेको छ ।

यसैबीच रगंशालाको निर्माण र खेलको लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्नेक्रममा बढ्दै गएको छ । अहिलेसम्म रंगशाला निर्माणका लागि ७० लाख रकम जम्मा भएको र सोही रकमले निर्माण कार्यहरु धमाधम सञ्चालन भइरहेको आर्थिक संयोजक भीम हमालले जानकारी दिए । त्यसैगरी प्रथम मध्यबिन्दु कप–२०७६ सञ्चालनका लागि पनि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैक्रममा विजयी सामुदायिक वन उपभोक्ता समूह मध्यबिन्दु –७ चोरमाराले प्रतियोगिताको प्रथम पुरस्कार राशी दुई लाख २२ हजार २२२ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै स्वदेश तथा विदेशमा रहेका नेपालीहरु एवम् मध्यबिन्दु नगरपालिका भित्रका विभिन्न संघसस्थाबाट पनि सहयोग आउने क्रम जारी रहेको आर्थिक संयोजक हमालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>