गण्डकी
नवलपुरमा नदीजन्य पदार्थको अवैध दोहन, १४ ट्याक्टर प्रहरीको नियन्त्रणमा

ज्ञानु पंगेनी-
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास स्थित विनयी खोलाबाट अवैध निकासी गरिरहेका १४ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विनयी खोलाबाट अवैधरुपमा गिटी निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्कीबासले ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले अवैद्य निकासी गर्दै गर्दा ना ७ त २८८२, ना १ त ३७४१, ना ५ त २२०, ना ७ त २५०५, लु ७ त २९८०, लु ३ त ८८१८, लु ५ त १९३२, लु ४ त ४४१ यस्तै लु ४ त २१४९, ना ६ त ३२८१, लु ४ त १३९९, लु ६ त ४९४१, लु २ त ९०६४, लु ३ त ४९३९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई इलाका प्रहरी कार्यालय दुम्कीबासमा राखेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । अहिले खोलामा ठेक्का नलागेको अवस्थामा पनि नवलपुरको विनयी, अरुणखोला, गिरुवारी खोला, पथ्थरे खोला, केरुङ्गेलगायतका खोलाहरुमा दिनहुँजसो अवैध निकासी भइरहेको छ । प्रहरीले विभिन्न बाहानामा अवैद्य निकासी गर्ने सवारीलाई नियन्त्रणमा लिने र जरिवाना मात्रै तिराएर छाड्ने गर्दा निकासी नरोकिएको यहाँका स्थानीयको आरोप छ । कतिपय अवस्थामा प्रहरी प्रशासन कै मिलेमतोमा समेत निकासी हुने गरेको स्थानीयको आरोपसमेत छ । अवैद्य निकासी गर्ने सवारी र संलग्नलाई कडा खालको सजाय नहुँदासम्म अवैध निकासी नरोकिने भएकाले जरिवाना मात्रै तिराएर छाड्ने काम अन्त्य गर्नुपर्ने यहका सरोकारवालाहरुको माग समेत रहेको छ ।
फाइल फोटो
























