प्रदेश २

बारा र पर्साका हावाहुरी पीडितलाई पाँच महिनामै सरकारी घर

Banner

बारा,भदौं १९-

बारा र पर्सामा हावाहुरी र असिनापानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । नेपाली सेनाले बनाएको घर बुधबार हस्तान्तरण गरिएको हो । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि पीडित खुशी भएका छन् । उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन् ।

‘सेनाले उद्धार गर्यो, औषधि दियो, आज फेरि घर बनाएर दिएको छ’ हावाहुरी पीडित बारा चैनपुरका मुनीलाल रामले भन्नुभयो, ‘हाम्रा लागि सेना भगवान बनेर आएको छ ।’ सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरेको हो । बारा र पर्सामा गएको चैत १७ गते विनाशकारी हावाहुरी चलेको थियो ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले बुधबार वीरगञ्जमा गरेको घर हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले पालिका, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा घर बनाइदिएको भन्दै नेपाली सेनालाई धन्यवाद दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>