प्रवास
सवारी दुर्घटनामा अमेरिकामा ३ नेपालीको मृत्यु
०

अमेरिका, भदौ १९-
मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।
मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>