मध्य नेपाल
आमा बुबाले गाली गरेको भन्दै १४ बर्षीय किशोरले गरे आत्महत्या
०

वीरगञ्ज,भदौं १७-
आमाबुबाले गाली गरेको कारण पर्सामा १४ बर्षीय किशोरले आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २० का नविलाल प्रसादका छोरा गोविन्दप्रसाद चौरसियाले आमाबुवाले गाली गरेको कारण देखाउँदै झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरमा प्रयोग भएको बाँसमा छोरो पासो लागेर झुण्डिएको अवस्थामा भेटेपछि बुवा नविलालले उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याएका थिए ।
तर अस्पताल पुर्याएको केही समयमै गोविन्दलाई डाक्टरहरुले मृत घोषणा गरेका छन् । मृतकको पोष्टमार्टम गरी शव परिवारलाई बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























