समाचार

सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

Banner

काठमाडौं , जेठ ३१-

सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ परेका छन् ।

लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटेलबाट सुन जस्तो देखिने पहेँलो धातु २१४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>