समाचार

जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

Banner

काठमाडौँ, असार १-

जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेको छ ।

रत्ननगर नगरपालिका-१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>