गण्डकी

देश विकासमा नेकपा र कांग्रेसको विकल्प छैन: पर्यटनमन्त्री भट्टराई

Banner

विजय चालिसे

चितवन, भदौं १२

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।

नवलपुरको हुप्सेकोट–५ धौवादीमा धौवादी रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले जनताले विशेष गरी दुई ठूला पार्टी नेकपा र नेपाली कांग्रेसलाई भरोसा गरेको भन्दै विकास निर्माणका काममा हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले भने, ‘जनताले अहिले नेकपा र कांग्रेसलाई हेरिरहेको भन्दै जनताको विश्वास गुम्न नदिन पनि दुई पार्टी एकताबद्ध भएर देश विकासमा लाग्नुपर्छ ।’ विगतका कालखण्डमा पनि नेकपा र कांग्रेसले नै परिवर्तन ल्याएको भन्दै अब पनि एक भएर जानुपर्ने बताए ।

मन्त्री भट्टराईले नेकपाको दुस्मनी कसैसँग नभएको भन्दै उनले भने, ‘प्रतिस्पर्धा चुनावमा हुनसक्ला, राजनीतिमा हुन सक्ला तर जनताका हरेक समस्यामा दुई पार्टी एकताबद्ध भएर जनताका आशा पूरा गर्नुपर्छ ।’ ‘इतिहासले अहिले हामीलाई ठूलो मौका दिएको छ’ उनले भने, ‘त्यो मौकालाई हामीले सदुपयोग गर्नुपर्छ, इतिहासले हामीलाई पटक पटक मौका दिँदैन त्यसैले बेलैमा सचेत हुन जरुरी छ ।’ केन्द्र सरकारले दुई वटै सरकारसँग समन्वय गरी अगाडि बढिरहेको भन्दै उनले देशलाई समृद्धिको बाटोमा लैजान सरकार प्रतिबद्ध रहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>